पर्वत ८ असार
ग्रामिण भेगमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने कृषकहरु यतिबेला घरमा भेटिदैनन् । मानो खाएर मुरी उब्जाउने दिन भनेर चिनिने समय शुरु भए लगत्तै मौसमले समेत साथ दिएपछि मिर्मिरेमा नै घरबाट खेतीपातीमा निस्केका कृषकहरु सँँझ अबेरसम्म घर फर्कदैनन् यतिबेला ।
विगतका बर्षहरुमा जेठ महिनाको अन्त्य तिरै बाली लगाउन खेतबारीमा जाने गरेका पर्वतका कृषकहरु यसबर्ष भने केही समय पछाउन बाध्य भए । लामो समयको खडेरीका कारण कोदो धान लगायतका बर्षेबालीको बीउ विजन समयमा राख्न नपाएपछि ढिलाई हुन पुगेका कृषकहरु अहिले बर्षा भएलगत्तै खेतबारीमा तँछाड र मछाड जस्तै गरी चटारो मच्चिएको छ ।
शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षाले पानीका स्रोतहरुबाट मुल फुट्न थालेपछि कृषकहरुलाई राहत मिलेको हो । खडेरीका कारण खेतबारी सँगै ओठमुख सुकाएर बसेका कृषकहरु उजेलो हुन नपाउँदै पानीको भल छोप्न खेतमा निस्किएका हुन्छन् । कतिपय कृषकहरु कोदो रोपाईको माचोसँगै धानरोप्ने शुरुमा छन् भने कोही कृषकहरु िसंचाईको मौका छोप्न धान रोपाईमा लागेका छन् ।
यता विगतमा समयमा चल्दै आएको हली प्रथा गाउँमा हराउँदै गएको छ । हली लाउने प्रथा हराउँदै गएपछि अहिले कृषकहरु आपसमा आलोपालो र अर्मपर्म गरेर काम चलाउँदै आएका छन् । कतिपय कृषकहरुले परेली गरेर पनि खेती लगाउने गरेको खौलालाँकुरी ९ का युवा कृषक गणेश क्षेत्रीले सुनाए । अर्मपर्म र परेली गर्ने गरेपछि हली बाउसे र खेतालाको कुनै झण्झट नहुने उनँले बताए ।
खेतीपातीमा सघाउन रोजगारका लागि घरबाट बाहिरिएका युवापिडिहरुपनि गाउँमा भित्रिएका छन् । अरु समयमा मिल्ने बिदालाई समेत मिलाएर बर्षायाममा पारेर घरपरिवारलाई सघाउन घर आएको नेपाल आर्मीमा कार्यरत खौलालाँकुरी ६ का युवा श्यामबहादुर क्षेत्रीले भने ुखेतीपातीमा परिवारलाई सहयोग गर्न विदा मिलाएर घर आएको हुँ ।ु
खेतीपातीको सिजन शुरु भएपछि अहिले गाउँका कतिपय घरपरिवारमा बृद्धबृद्धा मात्रै भेटिन्छन् भने कोहीले घरमा ताल्चानै लगाएर काममा निस्किएका हुन्छन् । कतिपय कृषकहरु िसंचाईको अभावमा अझै धान रोप्न पाएका छैनन् । पर्वतको कटुवाचौपारी गाविस लगायत अन्य ज्ञादी क्षेत्रका कृषकहरुले िसंचाईको अभावमा धानको विउ राख्न समेत पाएका छैनन् ।
No comments:
Post a Comment