पर्वत १४ असार
पर्वतको दुर्लुङ गाविस देखि कुश्मा तर्फ आउँदै गरेको ग १ च ५१३० नम्बरको जिपका सहचालक जयबहादुर पुन र धनबहादुर पुन खुकुरी प्रहारबाट घाइते भएका छन् । कुश्माबजार अवस्थित शिवालय ६ का स्थानीय युवाहरुले उनीमाथि सोमबार साँझ ६ बजे खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भिर घाइते बनेका धनबहादुर पुनको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनको टाउको गम्भिर चोट लागेको अस्पतालले जानकारी दिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुको नाम नखुलेको प्रहरीले जानकारी दिएको छ ।
No comments:
Post a Comment