पर्वत १४ असार
पर्वत जिल्लाका विभिन्न गाविसमा कार्यरत गाविस सचिवहरुले सामुहिक राजिनामा दिने निर्णय गरेका छन् ।
संयुक्त जातीय मुक्ति मोर्चा नेपालको नाममा आफुहरुविरुद्ध भ्रष्ट्राचार लगायतका विभिन्न आरोप सहित सामुहिक राजिनामा दिन पत्रमार्फत दबाब आएपछि पर्वतको ५५ गाविसमा कार्यरत गाविससचिवहरुले सामुहिक राजिनामा दिने निर्णय गरेका हुन् । गाविस सचिव हक हित संरक्षण माच पर्वतको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
माचले निर्णय गरेपनि सम्पूर्ण गाविसमा कार्यरत सचिवहरु पूर्ण रुपमा उपस्थित नभएका र प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्की समेत जिल्लामा नभएका कारण मंगलबार मात्रै राजीनामा पेश गर्ने निर्णय गरेको सचिव हक हित संरक्षण माचका अध्यक्ष तेजराज अर्यालले जानकारी दिनुभयो । राजीनामा नदिए जस्तो सुकै कार्बाही गर्ने धम्की समेत आएको र अन्य जिल्लामा समेत सचिवहरुले राजीनामा दिइसकेकाले आफुहरुले पनि उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।
सालतमामीको समय सँगै सचिवहरुले राजिनामा दिने निर्णय गरेपछि जिल्ला विकास समितिबाट प्रदायहरु सेवाहरु प्रभावित हुने भएका छन् ।
No comments:
Post a Comment