Jun 4, 2010

पर्वत जिविस र परिषद स्थलमा कुश्माबासीको ताला

सन्तोष थापा/पर्वत २१ जेठ
जिल्ला बिकास समिति पर्वतको शुक्रवार हुने भनिएको गणतन्त्र कार्यान्वयन पछिको दोस्रो जिल्ला परिषद अबरुद्ध भएको छ । सदरमुकाम कुस्माबजार स्थित शिबालय गाबिस वडा नं ६् ७ ८ र ९ का बासिन्दाले आफ्नो टोलमा सडक निर्माणका लागि बजेट बिनियोजन नगरेको भन्दै परिषद स्थल उद्योग वाणिज्य संघको सभाहल र जिल्ला विकास समितिमा तालावन्दी गरेका छन् ।
सदरमुकाम कुश्मावजार स्थितको नारायण उच्च माबि देखि डम्डारेखोला सम्मको जीर्ण अवस्थामा रहेको सडक मर्मत तथा कालोपत्रे गर्नका लागि लागि पटक पटक जिल्ला विकास समितिमा बजेट माग गर्दा राजनैतिक दलको संयन्त्रले कुनै सुनुवाई नगरेको भन्दै स्थानीयवासीहरुलेा परिषद उद्घाटन सत्रमा परिषद स्थलमा होहल्ला गरि परिषद विथोल्नुका साथै स्थानीय विकास अधिकारी र लेखा शाखामा तालवन्दी गरेका हुन् ।
आफ्नो माग सुनुवाई नभए सम्म परिषद सुचारु हुन नदिने र ताला समेत नखोल्ने अडान स्थानीयवासीहरुले राखेका छन् । सडक मर्मतका लागि आवश्यक वजेट विनीयोजन नभएसम्म परिषद सुचारु हुन नदिने स्थानीय महिला मिना कर्मचार्यले वताउनुभयो । उनीहरुले ३३ लाख रुपैया माग गरेका थिए । परिषदमा सहभागि हुन आएका सहभागिहरु परिषद हलवाट वाहिरीएपनि परिषद हुने नहुने भन्ने वारेमा कुनेै टुंगो लोगेको छैन ।
जिल्ल्ाा बिकास समिति साचालनका लागि बनेको सर्बदलीय संयन्त्रमा सम्मिलित ९ राजनैतिक दलका प्रतिनिधि र जिल्लाबाट संविधान सभामा निर्वाचित २ निर्वाचन क्षेत्रका सभासद गरी ११ जनाले संयुक्त रुपमा उद्घाट्न गर्ने कार्यक्रम थियो ।

No comments:

Post a Comment