Aug 14, 2010

नाग पाचमीको अवसरमा लाखे नाच

पर्वत २९ साउन
नाग पाचमीको अवसरमा पर्वतको सदरमुकाम कुश्माबजार बडागाउँमा अवस्थित नेवार समुदायले लाखे नाच प्रदर्शन गरेका छन् । नेवारी सांस्कृतिक समुह शिवालय ५ का युवाहरुले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त नाच प्रदर्शन गरेका हुन् ।
उनीहरुले आज नाग पाचमीको दिन देखि भाद्र १६ गते कृष्ण अष्टमीको दिन सम्म लगायत विभिन्न नाच हरु देखाउने तयारी गरेका छन् । जस अन्तर्गत लोपोन्मुख हनुमान नाच गाइजात्रा रोपाई नाच बाघ जात्रा लगायतका नाचहरु प्रदर्शन गरिने समुहका सल्लाहकार राम श्रेष्ठले जानकारी दिनुभयो । लोपान्मुख नाचका रुपमा रहेको अनुमान नाच उक्त २५ बर्षपछि देखाउन थालिएको श्रेष्ठले जानकारी दिनुभयो । केही युवाहरुलाई तीन महिनाको तालिम प्रदान गरेर नाच देखाउन लागिएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment