पर्वत २८ साउन
नेपाली कांग्रेस पर्वतको १२ औं जिल्ला अधिवेशनबाट लालकाजी गुरुङ सभापतिमा निर्वाचित भएका छन् । गुरुङले आफ्ना प्रतिद्धन्द्धी खगेन्द्र तिवारीलाई ३ सय ४ र १ सय ९४ को मतान्तरले पराजित गराएका छन् ।
त्यस्तै सचिवमा ३ सय ८ मत ल्याई खिमप्रसाद भूषाल निर्वाचित भएका छन् भने उनका प्रत्यासी तोयनाथ भूषालले १ सय ८६ मत प्राप्त गरी पराजय भोगेका छन् । त्यस्तै कोषाध्यक्षमा बसन्तकुमार श्रेष्ठले २ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् भने उनकी प्रतिद्धन्दी ललितकला गुरुङले २ सय ३१ मत प्राप्त गरी पराजय भोगेकी छिन् ।
जिल्लाका दुई निर्वाचन क्षेत्रका ५ सय ३८ मतदाता मध्ये ५ सय २२ मतदाताहरु मतदान प्रकि्रयामा सहभागी भएका थिए ।
क्षेत्र नं २ को महासमिति सदस्य पदमा चार जना छनोट हुनुपर्नेमा आठ जनाको उमेदबारी परेको थियो । जस मध्ये डाक्टर यज्ञ अधिकारीले १ सय ५६ मत खगेन्द्र तिवारीले १ सय ३६ गंगाराज शर्मा १ सय ३५ र गंगाधर तिवारी १ सय २१ मत ले निर्वाचित भइसकेका छन् । क्षेत्र नं १ मा पछि सहमति गर्ने गरी महासमिति सदस्यमा कसैको पनि उमेदबारी परेको थिएन ।
No comments:
Post a Comment