पर्वत
लामो समयको खडेरीका कारण मुल सुकेपछि पर्वतको पिपलटारी गाबिस थुम गाउँमा पानी खोज्न स्कुले बिद्यार्थी र गाउँलेहरु खोला र इनारमा धाउन बाध्य भएका छन ।
चिन्ने खोलामा रहेको खानेपानी योजनको मुल सुकेपछि स्थानिय जनक माबि बिद्यार्थी र पिपलटारी गाबिसका दुई वडाका एक सय घरधुरीका बासिन्दाहरु एक घण्टा टाढा पानी लिन जान बा ध्य भएका हुन ।
जापानीज जुनियर रेडक्रस सर्कलको सहयोगमा जनक माबि जुनियर रेडक्रस सर्कलले योजना निर्माण गरेको थियो । पिपलटारी गाबिस -५ चिन्नेखोलामा रहेको मुहान सुकेपछि धारामा एक बुँद पनि पानी नआएको गुनासो स्थानियबासीको छ ।
धारामा पानी नै नआएपछि थुमडाडामा रहेको बिद्यालयबाट बिद्यार्थीहरु पानी १५ मिनेट तल झर्दै आएकाले पठनपाठन प्रभाबित भएको छ । गाउँलेहरु ब्याडको डिल भन्ने मुलमा पानी लिन जान थालेको बिद्यालयका प्रधानाध्यापक दिवाकर शर्माले जानकारी दिनुभयो । बोत्तलमा पानी नबोकी आउने बिद्यार्थीहरु झनै समस्यामा पर्न थालेका छन । ुपढाई छाडेर तिर्खा मेट्न बिद्यार्थी गाउँलेका घरमा जाँदा समस्या भएको छ ।ु उहाँले भन्नुभयो । बिद्यालयमा साढे चार सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन ।
योजनाबाट बिद्यालयमा र गाउँमा १५ धारा निर्माण गरिएको थियो । पानीको मुहान माथिबाट अन्य योजनाहरुका लागि पानी लैजादा थप समस्या भएको योजना उपभोक्ता समितिका अध्यक्ष बिष्णु शर्माले जानकारी दिनुभयो । जनश्रमदान सहित ७ लाख ४६ हजारमा योजना निर्माण सम्पन्न भएकेा थियो । अर्को गाउँका लागि बनाइएका दुई वटा इन्टेक त प्रयोगमा नै हुन सकेका छैनन । अहिले गाउँलेले नयाँ पानीकेा स्रोत खोज्नुपर्ने अबस्था आएको छ । ुपानीको अर्को स्रोत नखोज्ने हो भने समस्या ज्युँका त्युँ रहने भयो ।ु अध्यक्ष तिवारीले भन्नुभयो ।
पानीको योजना बनाउने बेला मुलको राम्रो पहिचान गर्न नसकेकाले समस्या भएको जुरेशका पुर्ब अध्यक्ष प्रदिप लामिछानेले बताउनुभयो । ुयोजना छनौट बैज्ञानिक हुन सकेन ।ु उहाँले भन्नुभयो ।
No comments:
Post a Comment