May 21, 2010

गजल

लक्ष्मीपूजा शर्मा
पर्दैन भो बाँच्न अव ठाडो शिर झुकाएर
खहरेको झरनालाई खडेरी झँै सुकाएर

भौतारिँदै चिच्याएर सडकमा पागल बनी
कति दिन बस्ने होर बास्ताविकता लुकाएर

कलकलाउँदा मुनाहरु उखेलेर फ्याँकेपिछ
शान्ति मिलोस् त्यो मनमा यो मुटुलाई दुखाएर

सोच विचार गति कन पाइला चाल्नु सदा सदा
नहिड्नु है जिन्दगीमा आफ्नो इज्जत चुकाएर

सदा तिम्रो जिन्दगीमा हाँसो खुशी छाइरहोस्
पाए हुन्छ जिन्दगीमा तिम्ले दिल फुकाएर
खुर्कोट ६ पर्वत

No comments:

Post a Comment