पर्वत
युनिटी लाइफ इन्टरनेशनलका साचालकहरुले पर्वतको निजी अस्पतालमा शेयर किन्ने आश्वासन दिएर नाम परिर्वतन गराएर सहयोग नगरेको खुलासा भएको छ ।
दक्षिण पर्वतको हुवास स्थिति युनिटी लाइफ हस्पिटल ब्यक्तिको निजी अस्पताल भएपनि नाम मात्रै युनिटीको राखिएको त्यसका साचालकहरुले खुलासा गरेका छन । युनिटी साचालकहरुले पर्वतमा पनि अस्पताल रहेको प्रचार गर्दै आएपनि अहिले सम्म एक रुपैया पनि सहयोग नगरेर आफुँलाई ठगी गरेको प्रबन्ध निर्देशक सुनिल बस्यालले बताउनुभयो ।
प्रबन्ध निर्देशक बस्यालका अनुसार उनीहरुले तीन बर्ष पहिले देखि साचालमा आएको पैायुकालिका जनस्वास्थ्य अस्पतालको ५० प्रतिशत शेयर किन्ने आश्वासनमा नाम परिर्वतन गरिएपनि रकम सहयोग गरेका छैन । युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्री स्वयम उपस्थित भएर १५ लाख दिने आश्वासन दिएकाले गएको मंसीर अस्पतालको नाम परिर्वतन गरि युनिटी लाइफ अस्पतालको नाममा बोर्ड परिर्वतन गरिएको थियो । ुहामी सहयोग गर्छौ जनतालाई थाहा दिन बोर्ड परिर्वतन गरिहाल्नुस भनेकाले परिर्वतन गरे ।ु प्रबन्ध निर्देशक बस्यालले भन्नुभयो - ुअहिले युनिटीका नाममा भएकाले बन्द गर्न आदेश आएको छ मैले रकम पाएकै छैन ।ु
पहिले गिरीराज गौतम गोबिन्द ज्ञवाली र सुनिल बस्यालले अस्पताल साचालनमा ल्याएका थिए । गौतमले आफ्नो शेयर फिर्ता गरिसकेको बताउाुनभयो । पछि बन्द हुने अबस्थामा पुगेको अस्पतालमा युनिटीका प्रबन्ध निर्देशक क्षेत्रीको आश्वासनमा नयाँ एक्सरे मेसिन बेर्ड घर र अरु सामाग्री ऋण खोजेर किन्दा १२ लाख खर्च भएपनि अहिले सम्म रकम नदिदा आफुँलाई डुबाएको बस्यालले गुनासो गर्नुभयो । रकम नपाएकाले अस्पतालको स्वामित्व र अभिलेख भने परिर्वतन नगरिएको उहाँले बताउनुभयो । युनिटीका सदस्यहरुलाई निशुल्क उपचार समेत दिएकाले आफुँलाई थप घाटा पुगेको बस्यालले बताउनुभयो । ुबन्द गर्ने मनस्थितिमा रहेका बेला सहयोग गर्ने आश्वासनमा बोर्ड परिर्वतन गरे अहिले मलाई वल्लो घाट न पल्लो तिर बनाए ।ु बस्यालले भन्नुभयो । अहिले युनिटीको अबस्था थाहा पाएपछि ऋण दिनेहरु घरमै माग्न आउन थालेकाले थप समस्या परेको छ ।
जिल्ला प्रशासन कार्यालय कार्यालयले अस्पतालको बिबरण सहित प्रशासनमा उपस्थित हुन प्रहरी मार्फत साचालकलाई खबर पठाएको छ । ुयुनिटीको बोर्ड राखेर अस्पताल चलेकाले त्यसको सम्पति र लगानीबारे जानकारी सहित उपस्थित गराउन प्रहरी मार्फत आदेश गरिसकेका छौ ।ु सहयाक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको आदेश पछि इलाका प्रहरी कार्यालयले साचालक संग बिबरण माग गरिसकेको प्रहरी निरीक्षक कमानिसंह खड्काले जानकारी दिनुभयो । ुअहिले सम्म बोर्ड मात्रै युनिटीको भएको तर स्वामित्व पैयु कालिका अस्पताल प्रालिको नाममा राखिएको देखियो ।ु उहाँले भन्नुभयो । युनिटीको ठगि धन्दाको पर्दाफास भएपछि बिरामी आउन छाडेकाले एक दुई जनालाई कुरेर बस्नुको बिकल्प नरहेको प्रबन्ध निर्देशक बस्यालले बताउनुभयो ।
No comments:
Post a Comment