May 14, 2010

कांग्रेस पर्वतमा कार्यकर्ताको ताला


सन्तोष थापा/ पर्वत ३१ बैशाख
कि्रयाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । क्षेत्र नं। १ का २६ गाविस मध्ये केही गाविसमा फाराम वितरण नगरेको र कुृनैमा कम वितरण गरेको भन्दै क्षेत्र नं। १ का कार्यकर्ताहरुले शुक्रबार तालाबन्दी गरेका हुन् ।
जिल्ला सभापति नवराज गुरुङ र क्षेत्र नं। १ का सभापति लेखबहादुर गुरुङले मातहतका कार्यकर्ताहरुको सहमति विना नै फाराम वितरणमा लापरबाही गरेको भन्दै कार्यकर्ताहरुले सोको विरोधमा तालाबन्दी गरेका थिए ।
दुर्लुङ र देउपुरमा करिव ९० थान आवेदन फाराम उपलब्ध नगराएको राम्जा र शालिजामा माग अनुसारका फारम वितरण नगरेको त्यस्तै सदरमुकाम अवस्थित शिवालयको कि्रयाशिल सदस्यता फाराम नबुझेको जिल्ला सहसभापति लालकाजी गुरुङ बताउनुभयो । ुनविकरण र नयाँ सदस्यताका फाराम नै नबुझि केन्द्रमा बुझाउन लगेु गुरुङले भन्नुभयो ुसहमति विना नै गरेको कार्यलाई केन्द्रले बैधानिकता दियो भने संघर्षमा जानेछौं ।ु
वितरण गरिएका फाराम संकलन गरी क्षेत्रीय समितिको बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था भएपनि जिल्ला सभापति र क्षेत्रीय सभापति सहितको टोलीले विधि र प्रकि्रयाविपरित फाराम पेशका लागि केन्द्रमा लगॆको क्षेत्रीय सहसभापति दुर्गाबहादुर खत्रीले गुनासो गर्नुभयो । सभापति लगायतको समुहले फाराम पेश गर्न केन्द्रीय कार्यालयमा पुगेको जानकारी दिँदै आफुहरुले उक्त फाराम स्वीकृत नगर्न पत्राचार समेत गरिएको खत्रीले बताउनुभयो । ुविधि र प्रकि्रयालाई मिचेर गरेको कार्य अमान्य छ ु खत्रीले भन्नुभयो ुत्यसैले कार्यालयमा तालाबन्दी गरेका हौँकेन्द्रको सुनुवाई नभएमा अरु संघर्षका कार्यक्रम गरिनेछ ।ु
पर्वत कांग्रेसको क्षेत्र नं। १ मा विगतदेखिनै विवाद हुँदै आएपनि क्षेत्र नं। २ मा भने निर्विवाद रुपमा सदस्यता फाराम पेश भइसकेको छ । उता जिल्ला सभापति गुरुङले माग भई आएका गाविसका लागि फाराम माग गरेको बताउनुभयो । सोही कार्यका लागि आफु केन्द्रीय कार्यालय आएको फोन मार्फत जानकारी दिनुभयो । दुर्लुङ गाविसमा भने क्षेत्र नं। २ तर्फ फाराम फेरवदल हुन गएकाले फाराम वितरण हुन नसकेको उहाँले बताउनुभयो । ुहामी फाराम माग गरेर छिट्टै वितरण गर्दै छौंु उहाँले भन्नुभयो ।

No comments:

Post a Comment