एकिकृत नेकपामाओबादीले आव्हान गरेको अनिश्चितकालिन हड्तालका कारण पर्वत सदरमुकाम विहिबार पुर्ण तनावग्रस्त वनेको छ । तनावकै कारण जिल्ला प्रशासन कार्यालय पर्वतले विहिबार साँझ साढे आठ बजेदेखि शुक्रबार विहान साढे ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।
माओवादी बाहेकका अनय सदरमुकाम कुश्माबजारबासीहरु आमहड्तालको प्रतिकारमा उत्रिएर माओवादी कार्यकर्ता तथा पार्टी कार्यालय तोडफेाड समेत गरेका थिए ।दुवै पक्षबीच भएको झडपका क्रममा १९ जना कार्यकर्ताहरु घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचारपश्चात घर फर्किसकेका छन् । जसमध्ये माओवादी पक्षका १५ जना कार्यकर्ताहरु घाईते भएका थिए ।
घाईते हुनेमा माओबादीका जिल्ला सदस्य यम बिक सहित एक दर्जन माओबादी कार्यकर्ता घाइते भएका छन् भने तिन जना स्थानियबासी पनि घाइते भएका थिए । घाईतेहरुमा स्थानीय युवा राजेश खाम्चा मगर चन्द्रबहादुृर नेपाली दिपक सुनार गोबिन्द सुनार तिला गिरी सोम पुन गंगाबहादुर नेपाली राजेश सुनार सोम पुन राजेश सुनार रामबहादुर सुनार आनन्द पुन थमबहादुर परियार रामकृष्ण बिक र महेन्द्र नेपाली रहेका छन् ।
माओवादी प्रदर्शनका क्रममा कार्यकर्ताहरुले घरेलुहतियार समेत प्रदर्शन गरेपछि प्रहरीले नौ जना कार्यकर्ता पक्राउ गरेको थियो । माओबादीले निकालेको जुलुस मैत्रीचोकबाट शिबालयचोक तर्फ लाग्दै गर्दा २ थान तरबार र एक थान फलामको पाइप सहित प्रहरीले भबिन्द्र किराती याम पुन दिपक पुन बिरेन्द्र पुन गोबिन्द गुरुङ्ग बिजय पुन महेन्द्र पुन र बिक्रम पुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हतियार नियन्त्रणमा लिने क्रममा प्रहरी जवान काजीराम श्रेष्ठ घाइते भएका थिए । उनको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जबानको टाउकोमा आठ ओटा टाँगा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाकै विषयलाई लिएर एकीकृत नेकपा माओवादीले साँझ पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनका माओवादी जिल्ला सहइन्चार्ज तथा संविधानसभा सभाषद् गुणाखर बस्यालले शान्तिपुर्ण आन्दोलन गरिरहेका वेला उत्तेजित पार्ने खालका कि्रयाकलापहरु भएपनि आफुँहरु शान्तिपुर्ण आन्दोलनको पक्षमा रहेको बताएको थियो । प्रशासन र प्रहरीले समेत असहयोग गरेको गुनासो गर्दै बस्यालले आफुहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिनुभएकेा थिो । माओवादीले प्रतिकार गर्ने क्षमता हुँदाहुँदै पनि आफुँहरुले संयमता अपनाएको उहाँको भनाई थियो ।
उता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एक विज्ञप्ती प्रकाशीत गरी अपराधी र प्रतिकि्रयावादी शक्तिहरुको चलखेललाई निस्तेज पार्न सम्प्ाुर्ण कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरिएको छ । जिल्ला सभापति नवराज गुरुङ्गद्धारा जारी विज्ञप्तीमा सहमति र समझदारीवाट जिल्ला उत्पन्न विषम परिस्थितिलाई न्युनिकरण गर्न राजनैतिक पार्टी शान्ति सुरक्षाका अङ्गहरु प्रशासन उद्योगपति पत्रकार तथा नागरीक समाजलाई आग्रह गरिएको छ ।
प्रशासनले आज बेलुका साढे ८ बजेदेखि सदरमुकाम कुश्माबजारको बडागाउँचौर देखि जिल्ला प्रहरी कार्यालय सम्म र शिवालय १ को खरेहा देखि दक्षिण पश्चिमको सम्पूर्ण बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।
No comments:
Post a Comment