Feb 8, 2010

सामाजिक क्षेत्रमा प्रबासी नेपालीहरुको चासो


पर्वत
दुई दशक यताबाट शिक्षणपेशा संगै समाज सेवामा लागेका पर्वतका लेखनाथ उपाध्याय यतिबेला समाजमा अत्यावश्यक भएर समस्याका रुपमा देखिएका कुरालाई लुकाएर राख्दैनन् । विगतका समयमा समाजलाई चाहेरपनि आवश्यकता पुरा गर्न नसक्ने उनी अहिले प्रबासी पर्वतेलीहरुको सहयोगकै कारण समाजको हरेक इच्छा र आवश्यकता संस्थागत क्षेत्रबाट पुरा गर्दै आएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा गठित लायन्सक्लव अफ शिवालयका अध्यक्ष समेत रहेका उपाध्यायले यस बर्ष लाखौं रुपैंया विदेशीएका नेपालीहरुसँग हात थापेर सामाजिक क्षेत्रमा परिचालन गरेका छन् । यसरी सामाजिक क्षेत्रमा सहयोग दिलाउन पर्वतलाई जन्मभूमि बनाएर बेलायतमा बस्दै आएका नेपालीहरु आतुर भएका छन् ।
पर्वत वेलफर सोसाइटी बेलायतले गत असोज महिनामा सामाजिक क्षेत्रमा लगानी गर्न ९४ हजार सहयोग दिलाएको थियो । सोसाइटीका अध्यक्ष पुरन गिरिले क्लवलाई उक्त रकम हस्तान्तरण गरेका थिए । क्लवले सहयोग स्वरुप प्राप्त रकमबाट अपाङ्गहरुका लागि ह्वीलचियर बैशाखी र दृष्टिविहिनका लागि सेतो छडी उपलब्ध गराएको थियो । बेलायतमा बस्दै आएका पर्वतका एकदर्जन भन्दा बढी नागरिकहरुबाट संकलन गरेर रकम उपलब्ध गराइएको थियो ।
पुन दुई साता अगाडि अध्यक्ष गिरिले एक निजी प्रयासमा अपाङ्गलाई ल्यावटप कम्प्युटर उपलब्ध गराएका थिए । उनले पर्वतको आर्थर डाँडाखर्क निवासी २७ बर्षिय युवराज शर्मालाई ल्याबटप दिएका हुन् । शर्मा दुईबर्ष अगाडि मोटरसाइकल दुर्घटनामा परेर मेरुदण्ड भँँचिएपछि अशक्त अवस्थामा बन्द कोठाभित्र रहेका छन् । उनलाई बाहिरी संसारसँग जोड्न सहयोग पुर् याउने उद्देश्यले ल्याबटप उपलब्ध गराएको क्लवका सचिव कमलनाथ शर्माले बताए ।
हालै मात्र सोही संस्थाले लायन्स क्लवकै आग्रहमा एकलाख बराबरको युरोगार्ड विद्यालयका लागि उपलब्ध गराएको छ । क्लवले विद्यालयमा अध्ययनरत बालबालिका हरुलाई सफा पानी पिउन सहयोग गर्ने उद्देश्यले सदरमुकाम र विद्युत सेवा पुगेका ८ विद्यालयलाई युरोगार्ड वितरण गरेको छ । युरोगार्डका लागि संकलित रकम गैरआवासीय नेपाली संघ एनआरएन का उपाध्यक्ष एवं पर्वत वेलफर सोसाइटी बेलायतका उपाध्यक्ष कुलप्रसाद आचार्यले एकलाख बराबरको चेक हस्तान्तरण गरेका थिए ।
एनआरएनका उपाध्यक्ष आचार्यले पर्वतको धाइरिङ्गमा अवस्थित कृष्णभवन उच्चमाबिलाई निजी प्रयासमा १० लाख सहयोग गरी बिद्यालयको नाम कृष्णभवन धर्म उच्चमाबि बनाएका छन् । २०१८ सालमा निर्माण गरेको सो माबिलाई उच्चमाबि बनाउन आफ्नो बाबु धर्मराज आचार्यको नाममा सो सहयोग गरेका थिए । सहयोगपछि बिद्यालय उच्चमाबि भएको हो । आचार्यले धाइरिङ्गकै फसे्र धाइरिङ्ग माविमा समेत दुईलाख दुईहजार बराबरको छात्रबृत्तिकोष खडा गरिदिएका छन् ।
उता बेलायत सेनामा कार्यरत रहेर अवकास जीवन विताइरहेका दुर्लुङ्ग निवासी जीवन गुरुङ्गले लाखौं रकम खर्चेर स्थानीय तीन विद्यालयमा ताररहित इन्टरनेट सुविधा विस्तार गरेका छन् । विगत चार दशकअघि गाउँबाट बाहिरिएर बैदेशिक रोजगारमा बेलायत पुगेका गुरुङले गत बर्ष म्यागासेसे पुरस्कार विजेता महावीर पुनको सहयोग लिएर काफलचौर उच्च मावि सुर्यप्रकाश मावि र दालपोखरी प्राविमा इन्टरनेट सुविधा पुर् याएका हुन् । गुरुङ्ले स्वास्थ्य समस्यालाई समेत मध्य नजर गर्दै स्थानीय स्वास्थ्य चौकीमा प्रसुति सेवा प्रभावकारी वनाउन २० हजार नगद सहयोग गरेका थिए । उनले बेलायतमा कार्यालय रहने गरी गाउँ विकासका लागि ुदुर्लुङ् सामुदायिक विकास कोषु स्थापना गरेका छन् ।
गुरुङले पत्रकारिता क्षेत्रमा समेत सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघलाई पत्रकारिता विकासका लागि २५ हजार नगदरकम हालै प्रदान गरेका थिए । आफुले गाउँ विकासका लागि गरेको कामलाई प्राथमिकताका रुपमा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उक्त रकम उपलब्ध गराएका थिए ।

No comments:

Post a Comment