पर्वत २८ पुस
नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतको आयोजनामा मंसिर १६ देखि १८ गते सम्म साचालन भएको तेश्रो पर्वत लघु घरेलु वन र कृषिजन्य प्रदर्शनी तथा प्रथम सुन्तला महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आय व्यय सार्वजनिक गरेको थियो । साना उद्यमीहरुलाई घरेलु उत्पादनमा उत्साहित गराउने उद्दे्रश्यले आयोजना गरिएको उक्त महोत्सवमा २२ लाख भन्दा बढीको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।
तीन दिन सम्म साचालित उक्त महोत्सवमा ५० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको र दर्शकको उपस्थितिकै कारण उद्यमीहरुका सामान खपत भएको आयोजकले जनाएको छ । महोत्सवमा उद्यमीहरुले ल्याएका कुनैपनि सामाग्रीहरु फिर्ता नलगेको र दर्शकहरुबाट नै खपत भएको महोत्सवका संयोजक शिवशर्मा पौडेलले जानकारी दिनुभयो ।
महोत्सव साचालनका लागि पाँचलाख १२ सय बराबरको स्रोत जुटाइएको र त्यसमध्येबाट चार लाख ६० हजार ८ सय खर्च भएको छ । आम्दानी रकम मध्ये जिल्ला विकास समितिले दुई लाख नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय कार्यालयबाट ९५ हजार अन्य विभिन्न उद्यमीसँग सम्बन्धित निकाय संघसंस्था निजी तथा सरकारी बैंक र व्यापारीहरुबाट संकलन गरेको आयोजकले जनाएको छ । आफुहरुले सानो आम्दानीमा पनि नमुना प्रदर्शनी गरिएको आयोजकको दाबी छ ।
महोत्सव साचालनबाट ४० हजार ३ सय ३४ बँचेको र उक्त बचत रकमलाई परिचालन गरी महिला उद्यमीहरुलाई थप प्रोत्साहनका लागि खर्चने महासंघ पर्वतका अध्यक्ष चेतनारायण शर्माले जानकारी दिनुभयो । नेपाली कागजबाट तयार पारिने विभिन्न सामाग्रीहरु निर्माणका लागि निकट भविष्यमा नै महिलाहरुलाई तालिम साचालन गरेर घरेलु उत्पादनमा उत्साहित बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment